दलहरू गृहमन्त्रीलाई बोल्न दिने र सहकारीका समग्र समस्या छानबिन समिति बनाउने सहमति नजिक

काठमाडौँ — संसद्को गतिरोध अन्त्य गर्नेबारे सत्तारुढ र प्रमुख विपक्षी दल कांग्रेस सहमतिनजिक पुगेका छन् । बिहीबार संसद् भवनमा चलिरहेका अनौपचारिक छलफलहरूमा दलहरू उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बाेधनगरेपछि सदनको बैठक सुचारू गर्ने र सहकारीका समग्र समस्या समाधान गर्नका लागि संसदीय समिति गठन गर्नेमा करिब सहमतिमा पुगेका छन् ।

दलहरू गृहमन्त्रीलाई बोल्न दिने र सहकारीका समग्र समस्या छानबिन समिति बनाउने सहमतिनजिक
फाइल तस्बिर

Advertisement

प्रधानमन्त्री दाहालले समिति गठनका लागि कांग्रेसलाई आश्वस्त पार्ने कोसिस गरेका छन् । प्रधानमन्त्री दाहालले बिहीबार पनि पटक पटक कांग्रेससँग छलफल गरेका छन् । कांग्रेससँगको छलफलपछि नै संसद्को बैठक पनि ४ बजे पछिका लागि सारिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु