सकिनाको घरमा डोजर: पालिकाको गेटमा प्रर्दशन (भिडियो सहित)

बर्दिया।  बर्दियाको बढैयाताल गाउँपालिका ६ मैनापोखरका सकिना खानको घर भत्काईएको घट्रनाको ब्यापक बिरोध भएको छ ।

Advertisement

 भुमि अधिकार मंच बर्दिया र पालिकाका प्रमुख राजनीतिक दलहरुले शुक्रबार बढैयाताल गाउँपालिकाको गेट अगाडी बिरोध तथा जनप्रर्दशन गरेकाछन् ।

बिरोध सभालाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका महासचिव ठाकुर सिंह थारुले सकिना खानको घर भत्काइनु पालिकाको अमानबिय काम भएको बताए । उलने भने, घर भत्काउदां कुनै पनि कानुनी प्रक्रिया पुरा गरिएको छैन । सकिनाले बढैयाताल ६ का वडा अध्यक्ष शुक्रराज सापकोटालाई ५० हजार रकम दिएको अरोप घट्नमा उनले भने, यदी लिएको हो भने, वडा अध्यक्ष सापकोटाले माफी मागेर पैसा फिर्ता गर्नु पर्य । होइन भने, सबैका अगाडी भन्न सक्नु पर्यो कि मैले पैसा लिएको छैन ।

यस्तै सभालाई सम्बोधन गर्दै काँग्रेसका बढैयाताल गाउँकामिटीका सभापति भगत नेपालीले पालिकाको करोडौं सम्पत्ति हिनामिना गर्ने र करोडौं रकम नितिगत भ्रष्टचार गर्नमा लागेका अध्यक्ष हिमालय त्रिपाठीलाई पालिकाका जनताले नछोड्ने बताए ।

उनले भने करोडौंको पालिकाको भवनको मुद्धमा उत्तरप्रति नलगाउने तर दैनिक काम गरेर खाने सकिना जस्तो बिपन्नको घर भत्काउने मानव अधिकार बिरुद्धको काम गरेको बताए । भुमाफियाको आर्थिक लोभमा सकिनाको घर पछाडिको जग्गाको निकास खुलाउने काममा अध्यक्ष त्रिपाठी लागेको आरोप समेत उनले लगाए ।

 

यस्तै एमालेका बढैयाताल कमिटीका अध्यक्ष पे्रम त्रिपाठीले अन्दोलनमा एक्यबद्धता जनाउदै बिगतमा शिक्षाको प्रतिबेदन सर्वजनिक गर्ने सहमति अनुसार पालिकाले सर्वजनिक नगरेको बताए । यसरी पालिकाले सहमति जनाएर पनि प्रतिबेदन सर्वजनिक नगर्नु गलत कदम भएको उनले बताए ।

यस्तै माओबादीका बढैयाताल गाउँकमिटीका अध्यक्ष कर्ण बहादुर थापाले बिपन्नको घरमा डोजर लगाउने घट्नको घोर भर्सन गरे । उनले भने, पालिका भित्र अहिले पनि धेरै भुमिहिन सुकुम्बासीहरु निस्सा पाउने बाँकी छ, त्यातिर पालिका अध्यक्ष त्रिपाठी नलागेर गरिब बिपन्नको घर भत्काउनु गलत कदम चालेको बताए ।

बिरोध पर्दशनमा सकिना खानलाई न्याय दे । भुमाफिया पोस्ने स्थानिय सरकार मुर्दाबाद । कसले लियो ५० हजार, सर्बजनिक गर हिमालय सरकार । शिक्षा क्षेत्रको प्रतिबेदन सर्वजनिक गर । पालिका भनव कसको हो, व्यक्तिको की पालिकाको ? सर्बजनिक सम्पत्ति दोहन गर्ने जनप्रतिनिधि मुर्दाबाद । भुमाफियासंग मिलेर बढैयाताल सिध्याउने स्थानीय सरकार मुर्दाबाद । पालिका भवनको प्रतिउत्तर नलगाउने स्थानीय सरकार मुदाबाद भनेर नारा लगाई बिरोध पर्दशन गरेकाछन् ।

बिरोध सभालाई राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजबादी, लगायत्का दलका नेताले समेत सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै राजनीतिक दलका नेताहरुले, यदी पालिकाले समयमा आफुहरुले उठाएको माग सम्बोधन गरेन भने निरन्तर बिरोध पर्दशन गर्ने जनाएकाछन् । बिरोध प्रर्दशन भुमि अधिकार मंच बर्दियाका अध्यक्ष केश बहादुर बिकाको संयोजकत्वमा सम्पन्न गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु