ठाकुरबाबाको बनखेतमा पैदल हिडिरहेका तीन जनामाथि चितुवाले गर्यो आक्रमण

 

 

Advertisement

गुलरिया — बर्दियाको ठाकुरबाबा  नगरपालिका–९ बनखेतमा चितुवाले आक्रमण गर्दा तीन जना घाईते भएका छन् ।

उनीहरु पैदल हिँडिरहेका आईरहेका बेला चितुवाले एक्कासी आक्रमण गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालयका बर्दियाका डिएसपी तुल्सीराम अर्यालले जनाए । उनका अनुसार स्थानीय २४ वर्षीया राममाया चौधरी, ५० वर्षीय भोजुराम थारु र २३ वर्षीय हिमाल अधिकारी घाइते भएका छन् । घाईतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुको अवस्था भने सामान्य छ । घटनापछि स्थानीय त्रसित छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु