छ्तबाट लडेर एक महिलाको मृत्यु

 

५ जेठ, काठमाडौं । भक्तपुरमा शौचालय जाने क्रममा लडेर खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ कि ४६ वर्षकी जमुना भट्टराईको मृत्यु भएको छ ।

Advertisement

सूर्यविनायक नगरपालिका-५ कटुन्जेमा गए राति साढे ३ बजे शौचालय जाने क्रममा उनि घरको पहिलो तलाबाट लडेकी थिइन् ।

अस्पतालमा उपचारका क्रममा शनिबार बिहान साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु