बर्दियाको गुलरियामा धमाधम खरबुजा बिक्री

बर्दिया । बर्दियाको भादा नदिको बगरमा उत्पाद्न गरिएको खरबुजा धमाधम बिक्री भैरहेको छ । गुलरियाको बाँधुपुर, बालापुर, जब्दिघाटको बगरमा किसानले खेति गरेका छ्न ।

बगहिका किसान घायल चौधरीले आफ्नो उत्पादन बेच्न भ्याइनभ्याइ भएको बताए । सुरुमा प्रतिकेजी ५० रुपियाँमा खरबुजा बेचेका किसानले उत्पादन बढेपछि अहिले मूल्य घटाउँदै प्रतिकेजी २० रुपियाँमा बिक्री गरिरहेका छन् । खेर गएको बगरको सदुपयोग गर्दै किसानले आम्दानि गरेका छ्न । किसानले सडकमा राखेर खरबुजा बिक्री गरिरहेका छ्न ।

Advertisement

किसानलाई बिक्री गर्ने बजार खोज्न परेको छैन ।

गर्मी याममा खरबुजा निकै उपयुक्त हुने गरेका कारण माग बढेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु