बढैयातालमा गरिखाने शिक्षाको महत्व र आवाश्यक्ता बारे कार्यशाला गोष्ठी

८ जेष्ठ बर्दियाको बढैयातालमा गरिखाने शिक्षाको महत्व र आवाश्यक्ता सम्बन्धी कार्यशाला गोष्ठी गरिएको छ ।

सोमवार बाँके यूनेस्को क्लबको सशक्त बालिका परियोनाको आयोजनामा तथा बढैयाताल गाउँपालिकाको समन्वयमा उक्त कार्यशाला गोष्ठी गरिएको हो ।
श्रम सीप ,प्रबिधि , संस्कार र जीवन सापेक्ष ब्यबहारीक ज्ञानमा स्टिम शिक्षाको आवाश्यक्ता र महत्वको बारेमा जानकारी गराउने उद्देश्यले आयोजित गोष्ठीमा त्रिभुवन विश्वबिद्यालयका स्टिम एजुकेसन बिभागका प्रमुख कृष्ण प्रसाद खतिवडाले सहजिकरण गरेका आयोजकले जनाएको छ ।

Advertisement


प्रशिक्षक खतिवडाले सहजिकरणको क्रममा सृजनात्मक ज्ञान बिनाको शिक्षा अहिलेको युगमा अब्यबहारीक हुने भन्दै स्टिमको अर्थ र महत्वको बारेमा प्रष्ट पारेका थिए ।
स्टिमको अर्थ बारे बुझाउदै पहिला साइन्स , टेक्नोलोजी , इन्जिनियरिङ, आर्टस र म्याथम्याटिक्सको बिषय अलग अलग पढाइ हुनेगरेको र एक आपसमा यिनी विषयको सम्बन्ध नहुने गरेको बताए । पहिलाको शिक्षण शैलि र बिधि प्रभाबकारी नहुदा गुणस्तरिय शिक्षाको विकासमा कम्जोरी भएकोले अव सिकाई लाई युग सुदाउदो बनाउन कलाको आवश्यक्त भएको प्रशिक्षक खतिवडाले जोड दिए ।

बिद्यार्थीका लागि सिकाउन कलाको भूमिका महत्वपूण हुने भन्दै सिकेका कुरालाई कसरी प्रस्तुति गर्ने ? कसरी समाजका गतिबिधि संग जोडिने ? कसरी सृजना गर्ने भन्ने नै आर्टस (कला) हो । स्टिम शिक्षमामा आर्टको भुमिका महत्वपूर्ण रहेको बताए ।
साइन्स , टेक्नोलोजी , इन्जिनियरिङ र म्याथम्याटिक्स घोकाउने बिषय नभएको भन्दै प्रशिक्षक खतिवडाले स्टिम शिक्षाले बिद्यार्थीलाई घोकाउने विधि सिकाउदैन यसले खोज अनुसन्धानमा आधारित मानिसको दैनिक जीवन संग जोडिएको विषय सिकाउने भएकोले बढैयाताल गाउँपालिकाले पनि शिक्षा नीति तथा शिक्षा सम्बन्धीको योजनामा समाबेश गर्न जोडदिए ।

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि तथा पालिकाका अध्यक्ष हिमालय त्रिपाठीले गोष्ठीको समापनमा बोल्दै स्टिम शिक्षा बढैयातालको शिक्षा बिकासको लागि अपरिहार्य भएको भन्दै पालिको शिक्षा नीतिमा समाबेश गर्ने प्रतिबद्धता जनाए ।


सशक्त बालिका परियोजना बर्दियाका कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले उद्देश्य माथि प्रकास पारेको कार्यक्रममा पालिकका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी , शिक्षा शाखाका धन बहादुर थापा , तोकिएका बिद्यालयका गणित र बिज्ञान बिषयका शिक्षक , बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष , शिक्षक अभिभावक संघका अध्यक्ष लगाएत २० जनाको सहभागिता रहेको परियोजना बढैयातालका फिल्ड सुपरभाइजर रामबहादुर थारुले जनाएका छन् ।
अवको शिक्षा जीवनपयोगी , भबिष्यको बारेमा आफै सक्षम हुन सक्ने , बिश्वजारमा टिक्न र बिक्न सक्ने खालेका शिक्षा अपरिहार्य भएकोले पालिकाको नीति तथा कार्यक्रममा स्टिम शिक्षालाई समाबेश गर्न बढैयाताल गाउँपालिको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु