थलीमा मृत भेटिएका पुरुषका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिए

 

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएका छन् ।

Advertisement

थलीमा मृत भेटिएका भक्तपुर नगरपालिका–७, छालिङ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटीका छोरा पनि फर्पिङमा घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार फर्पिङमा घाइते अवस्थामा भेटिएका नगरकोटीका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनकी छोरीलाई पनि बबरमहलबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा थलीमा कृष्ण नगरकोटीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ । ‘मृतकका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिनुले थप आशंका बढाएको छ,’ एसपी अधिकारीले भने । अनलाइनखबर

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु