बढैयातालको टोल टोलमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना

८ जेष्ठ बढैयाताल गाउँपालिकाको टोल टोलमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धीको सचेतना कार्यक्रम सचालन गरेको छ ।
प्लान इन्टरनेश्नल नेपालको सहयोगमा बाँके यूनेस्को क्लब सशक्त बालिका परियोजनाले बढैयाताल गाउँपालिकाको वडा नम्बर ७ ,८ र ९ का गाउँ बस्तिका टोल टोलमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरेको हो ।
सचेतनाको कार्यक्रम गर्नेक्रममा बढैयातालको वडा नम्बर ९ जनतानगरका बुवा समुहमा यहि जेष्ठ ६ गते देखि ८ गते सम्म सञ्चालन भएको हो । सचेतना कार्यक्रम यस अघि बढैयातालको वडा नम्बर ७ को रामनगर टोल , पडेरीया टोल र वडा नं. ८ को नयाँवस्ती टोलमा सम्पन्न भैसकेको आयोजकले जनाएको छ ।

 

Advertisement

बाल विवाह, छिटो हुने र जवरजस्ती गरिने बिवाह र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समुदाय स्तरका नागरिकमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यले आईतवार देखि मंगलवार सम्म संचालन गरिएको कार्यक्रममा किशोरीकिशोरीको यौन तथा प्रजनन् स्वास्थ्यमा बुवाहरुको भुमिका , बालबालिकाको सामाजिकीकरण, लैङगिकता र सामाजिक मान्यताहरु , किशोरावस्थाको यौन तथा प्रजनन् स्वास्थ्यको अधिकार , महिनावारी व्यवस्थापन , विवाह, गर्भधारण र सुरक्षित गर्भपतन लगाएतका बारेमा अमिमुखिकरण गरिएको जनाएको छ ।

जनतानगरमा भएकाे कार्यक्रमकाे समापनमा सहभागि चन्द्र बहादुर थारूले भने हाम्राे समुदायको लागि नयाँ भएकाे भन्दै सिकेका र बुझेका कुरा लाइ परिवारमा लागु गर्ने र समुदायमा पनि बुझाउने बताए ।

दलबहादुर सुनारले सहजीकरण गरेको उक्त कार्यक्रममा जनतानगरका २१ जना स्थानिय पुरुषहरुको सहभागिता रहेको थियो । कार्यक्रमको समापनमा सहभागि पुरुषहरुलाई एक एक वटा सेनेटरी प्याड बितरण गरिएको बाँके यूनेस्को क्लबको सशक्त बालिका परियोजना बढैयातालका सुपरभाइजर रामबहादुर थारुले जनाएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु