युवाको सवालमा बढैयाताल ः प्रतिवद्धतामा सिमित व्यबहारमा सुन्य

९ जेष्ठ , बढैयाताल , युवाका सवालमा बढैयाताल प्रतिबद्धतामा मात्र सिमित व्यबहारमा सून्य अवस्थामा रहेको छ ।

प्लान इन्टरनेश्नलको सहयोगमा बाँके यूनेस्को क्लबको सशक्त बालिका परियोजाले बुधवार बढैयातालको मैनापोखरमा आयोजना गरेको युवा विषेश सरोकार कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन् ।

Advertisement

२०८० माघ १० गते बढैयातालको सुनगाभाहोटलमा भएको कार्यशाला गोष्ठीले आ.ब. २०८१ ÷०८२ सम्ममा बेस लाईन सर्भे गर्ने , २०८० चैत्र भित्र यूवा मैत्री स्थानिय शासन कार्यबिधी बनाउने , २०८१ बैसाख सम्ममा यूवा समन्वय समिति गठन गर्ने , २०८० चैत्र भित्र सबै वडामा यूवा क्लब गठन तथा पुर्न गठन गर्ने , २०८० चैत्र सम्ममा यूवा संसद सञ्चालन कार्यबिधी तयार गर्ने र २०८० चैत्र सम्ममा यूवा सहभागिता कार्यबिधी बनाई कार्यान्वयमा ल्याउने योजना बनाएको भएता पनि यूवा संसद सञ्चालन बाहेक अरु योजना कार्यान्न्वयन हुन नसकेको पालिकाले स्वीकार गरेको छ ।

पालिकाका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत बढैयातालका सरोकार राख्ने शाखाका प्रमुखहरुको उपस्तिथि र यूवाहरुको सहभागितामा युवाको योजना निमार्ण भएको र बनेको योजना लाई क्रमागत रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको थियो तर ति योजना कार्यान्वन गर्न पालिका उदासिन भएको सहभागिले बताए ।
बुधवार भएको यूवा सरोकार कार्यक्रममा बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले युवाको सवाल महत्वपूर्ण भएको भन्दै उनीहरु लाई बिभिन्न आयममा जोड्दै सक्षम यूवाको रुपमा बिकास गर्न पालिकाको यूवा नीति र कानुन लाई कार्यन्वयन गर्ने प्रतिबद्धता गरको आयोजक सस्थाले जनाएको छ ।


यूवाको नागरिक तथा राजनितिक अधिकार सुनिश्चत गर्न स्थानियतहको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहजकर्ता बसन्त बि.सी.ले यूवाअवस्थाको अध्ययन , सहभागितामुलक समिक्षा , यूवा मैत्री स्थानिय तह , कानुनि तथा नीतिगत व्यबस्थाहरु , सहभागिताको अधिकार , स्थानिय तहको योजना प्रकृयामा यूवाको सहभागिता र आगामी कार्यभार लगाएतका बारेमा सहजिकरण गरेका संस्थाले जनाएको छ ।

सबै भन्दा नजिकको सरकार भनेको स्थानिय सरकार भएकोले युवालाई सिपयुक्त, सक्षम बनाउन र आफ्नै समुदायमा टिक्न र बिक्न सक्ने खालको उद्यमशीलता र रोजगारीका जोड्नु पर्नेमा सहभागि यूवाले जोडदिएका थिए ।
बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमा कार्यपालिका सदस्य , वडाध्यक्षहरु प्रमुख प्रशासकिय अधिकृत , शिक्षा शाखा , स्वास्थ्य शाखाका प्रतिनिधी ,युवा संजाल लगाएत २७ जनाको सहभागिता रहेको परियोजना बढैयातालका सुपरभाइजर रामबहादुर थारुले जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु