
नेपालगन्ज
“रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ बर्दियाको भुरीगाउँमा ११ औंं पटक बृहत रक्तदान गरिएको छ । गएको जेष्ठ ९ गते रक्तदान कार्यक्रममा महिला पुरुष गरी ८८ जनाले रक्तदान गरेका छन् । ठाकुरबाबा नगरपालिका सैनवारको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया शाखाको संयुक्त आयोजनामा रक्तदान गरिएको छ । वृहत रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिका सैनवारका नगर प्रमुख तिलकराम लम्साल, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेम प्रसाद लम्साल, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँका सभापति यज्ञ प्रसाद नेपालले प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्राविधिकद्वय महेश दहित र महेश राना क्षेत्रीलाई संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरीे कार्यक्रमको उद्घाटन गरेका थिए ।
Advertisement

रक्तदानद कार्यक्रम ठाकुरबाबा नगरपालिका १ भुरीगाउँ स्थित आधारभूत नगर अस्पतालको प्राङ्गणमा आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिका वार्ड नं.१ का वडाध्यक्ष निमराज खनाल, वार्ड नं.–६ का वडाध्यक्ष जय प्रासद पौडेल, वार्ड नं.–९ का वडाध्यक्ष राधा चौधरी, ठाकुरबाबा नगरपालिका कार्यपालिका सदस्यद्वय पूजा सुनार, रामरानी थारु र आधारभूत नगर अस्पतालका ब्यवस्थापक बेद प्रकाश भण्डारी, २ नं.का पूर्व वडाध्यक्ष हरिराम थारु, १ नं.का पूर्व वडाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सचिव श्यामलाल थारुले ३१ औं पटक रक्तदान गरेकाछन् । यस्तै आकाश साह, अजय दहित, हीरा सिंह थारु, दिल बहादुर कार्की, कैलाश थारु, बीरेन्द्र खडका, भक्र बहादुर बडुवाल, प्रमोद कुमार थापा, जीवन कडेल, विकास गुरुङ्ग, संगीता मगराती, संचमाया सिंह, गीता थारु, अनिल कुमार थारु, महेन्द्र कुमार भण्डारी, निरज पोखरेल, रामदयाल चौधरी, सूर्यप्रकाश साह, भिक्खुराम थारु, सुवोध ज्ञवाली, सुलोचना थारु, कृष्ण प्रसाद थारु, सीता कुमारी थारु, प्रेम साउद, समीर योगी, सरला श्रेष्ठ, हीरालाल थारु, पार्वती खराल, सूर्यमणि भण्डारी, ईश्वर थारु, राम बहादुर थारु, नारायण सुनार, सुजन सापकोटा, चन्द्रा चौधरी, रामदास थारु, शैलेन्द्र कुमार बोहरा, बलबहादुर भण्डारी, ओम कुमारी तामाङ्ग, हेमराज आचार्य, बिकास केसी, सुमन खनाल, रुपन चौधरी, रमेश प्रसाद आचार्य, राकेश थारु, राम थारु, भागी मन्त रोकाया, राजु थारु, लङक बहादुर अधिकारी ६० वर्षीय, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाकी कोषाध्यक्ष उमा मल्ल ३३ पटक रक्तदान गरेकाछन् । सरस्वती खत्री, सन्देश शाही, रबिन कुमार बैद्य, हरि प्रसाद गौली, देवीलाल थारु, खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका केन्द्रिय सदस्य चन्द्रमणि पौडेल ३७ औं पटक रक्तदान गरेकाछन् । गंगा बुढामगर, लिलाराम खनाल, कृष्ण भण्डारी, धिरज रोकाया, दिनेश कडेल, भिम प्रसाद ढकाल, सुजन थारु, सुरज बहादुर बोहरा, फत्तेहसिंह थारु, आशोक कुमार थारु, मान बहादुर चौधरी, ओम बहादुर श्रेष्ठ, प्रकाश थापा, फूलमोती थारु, चुडामणि थारु, प्रेम आचार्य, दान बहादुर बोहरा, ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँका महासचिव गोपाल निरौला, रेशम भारती, राहुल चौधरी, सुशील थारु, सुनिल थारु, कविराज थारु, धर्मराज आचार्य, मनिष थारु लगायत ८८ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँ, रेडियो टाइगर एफ.एम, खानेपानी तथा सरसफाई उपभोक्ता समिति ठाकुरबाबा लगायतको सहकार्यमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र प्रमुख उपेन्द्र रेग्मी, रक्त सञ्चार सेवा केन्द्र प्रमुख राजेन्द्र महतारा, महेश राना क्षेत्री, महेश दहित, सृजना थारु, बीरेन्द्र योगी, केशर सिंह डाँगी प्राविधिकमा र अन्यमा आधारभूत नगर अस्पतालका ब्यवस्थापक बेद प्रसाद भण्डारी, भावना गौतम, सुलोचना थारु लगायतले सहयोग गर्नु भएको थियो । कार्यक्रमको अन्तमा प्रादेशिक रक्त सञ्चार केन्द्र प्रमुख उपेन्द्र रेग्मीले अस्पतालका ब्यवस्थापक बेद प्रसाद भण्डारीलाई प्रशंसा–पत्र समेत प्रदान गरेका थिए ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेम प्रसाद लम्सालको रक्तदान कार्यक्रम सफल पार्नमा ठूलो योगदान रहेको थियो । कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख इन्द्र बहादुर राजबंशी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल, बर्दिया जिल्लाको बिभिन्न पलिकाका समाजका पदाधिकारी तथा ठाकुरबाबा नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।









