गुणस्तरीय शिक्षाको लागि बढैयातालमा अन्तरक्रिया

११ जेष्ठ , बढैयाता गुणस्तरीय शिक्षा सम्बन्धी बर्दियाको बढैयातालमा अन्तरक्रिया गरिएको छ ।
कमैया महिला जागरण समाज बर्दियाको आयोजनामा तथा एक्शन एड नेपालको सहयोगमा बुधवार बढैयातालको मैनापोखरमा अन्तरक्रिया गरिएको हो ।
शिक्षा ऐनमा भएको प्रावधान अनुसार शिक्षमा लगानी र गणस्तरी शिक्षाको लागि सरोकारवालाको ध्यानाकर्षण गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष र शिक्षा बिद्ध संग शिक्षमा लगानी र गुणस्तरीय शिक्षाको सन्दर्भमा दाहोरो सम्वाद गरिएको हो ।

शिक्षामा लगानी र जनतासंग अध्यक्ष उपाध्यक्ष कार्यक्रमको बारेमा आफ्नो धारणा राख्दै पालिका अध्यक्ष हिमालय त्रिपाठीले भन्नु भयो कानुन र कार्यबिधी बन्न नसक्दा शिक्षा क्षेत्रमा बनाएका कार्ययोजना अनुसार शिक्षामा लगानी र बनाएका योजनाहरु कार्यान्वयन नभएको भन्दै अर्को आ.ब.मा कार्ययोजना कार्यान्वयनको लागि बजेटको ब्यबस्था गरिने बताए ।

Advertisement

यस्तै बिद्यालय सुधारको लागि स्थानिय तहको भुमिकाको बारेमा धारणा राख्दै पालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले सबै भन्दा पहिला नीति कानुन महत्वपूर्ण हुने भन्दै शिक्षामा सुधार गर्नको लागि सम्बन्धी पालिका , शिक्षा शाखा, बिद्यालय र स्थानिय अभिभाबक  लगाएत सरोकार राख्ने सबैले जिम्मेवार लिनु पर्नेमा जाेड दिइन ।

अन्तरक्रिया कार्यक्रममा शिद्यालय सुधार योजनाको बारेमा पुर्व जिल्ला शिक्षा अधिकारी निलकण्ठ रेग्मीले भने बिद्यालय सुधार योजना जसरी बन्नु पर्ने हो त्यसरी नबनेर सिमिति ब्यक्तिको उस्तिथिमा बन्ने गरेको भन्दै बिद्यालयको सुधार गर्नेहो भने शिक्षा संग सम्बन्धीत योजना बनाउदा सरोकारवाला सबैको सहभागितामा बनाउन सुझाब दिए ।
गाउँशिक्षा समितिको प्रभाबकारीताको बारेमा बिचार राख्दै पूर्व शिक्षा अधिकारी रेग्मीले गाउँ शिक्षा समिति ठुलो भएको भन्दै समितिले शिक्षा क्षेत्रमा खेल्नु पर्ने भुमिका प्रभाबकारी नभएकोले शिक्षा ऐन सम्सोधन गरि शिक्षा प्रेमी सहितको सानो गाउँ शिक्षा समिति बनाउनु पर्नेमा शिक्षा विद रेग्मीले जाेड  दिए   ।

शिक्षा क्षेत्रमा बढैयाताल गाउँपालिकाको प्राथमिकतामा नपरेको भन्दै पालिकाले यो वा त्यो वाहनामा टार्ने गरेको आरोप लगााउदै कार्यक्रममा सहभागि बिद्यालयका प्रधानाध्यापकहरुले यदि बढैयातालको शिक्षा सुधार गर्ने हो भने पालिकाले बाहना हाेइन इच्छा चाहना र उचित बजेटकाे ब्यवस्था गर्ने हाे भने  सुधार गर्न सकिने बताए  ।

स्थानिय शिक्षा ऐनमा भएको प्रावधान अनुसार शिक्षमा लगानि र गुणस्तरी शिक्षा सम्बन्धी भएको अन्तक्रिया कार्यक्रममा कार्यपालिका सदस्य , वडाअध्यक्षहरु , बिद्यालयका प्रधानाध्यापक र शिक्षा शाखाका कर्मचारी लगाएत शिक्षा संग सरोकार राख्ने लगाएत २५ जनाको सहभागिता रहेको कमैया महिला जागरण समाज बढैयातालकी सामाजिक परिचालक उषा चाैधरीले जानकारी दिइन ।


बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा र अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा भएको अन्त्ररक्रिया कार्यक्रमको सहजिकरण शेखर दहितले गरेका जनाएकाे छ    ।
“ म बनाउ छु मेरो बिद्यालय ” भन्ने नारा पालिकाले बनायो तर नारा अनुसारको लक्ष्य उद्देश्य पुरागर्न पालिका तहवाट गर्नु पर्ने भुमिकामा समस्या हो की बिद्यालयको हो ? यस बारेमा स्थानिय नागरिक प्रष्ट हुन चाहन्छन् । पालिकाले बनाएको कार्यक्रम तथा योजना कार्यान्वयनमा नीति , बिधी र कानुन बाधक भएको पालिका अध्यक्ष उपाध्यक्षको भनाई आउछ । नीति ,बिधी र कानुन कस्ले बनाउने हो र कार्यान्वयन कस्ले गर्ने हो भन्ने बारेमा नागरिकले चासो राखेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु