बर्दिया । ४० देखि ४२ डिग्री सेल्सीएस गर्मी छ । तापक्रमको पारो अझै उक्लिदो छ । गर्मीका कारण केही पश७३घढसचौपाया मरे । स्थानीय प्रशासनले गर्मीबाट जोगिन भन्दै सचेत रहन सर्वसाधारणहरुलाई आग्रह गरिरहेको छ । तर बढैयाताल गाउँपालिकाका रामदिन चौधरीलाई भने त्यसको कुनै पारवाह छैन ।
यस्तो उखरमाउलो गर्मीमा उनी नेपालगन्जमा असिनपसिन भएर मजदुरी गर्नमा ब्यवस्त छन् । बिहानदेखि काममा जोतिएका उनी दिउँसो एक वजे केहीबेर अराम गर्छंन् । खान खान्छन् । दुई/अढाई बजे फेरि गर्मीको परवाह नगरी घर बनाउनका लागि बालुवा बोक्न व्यवस्त हुन्छन् । ४२ डिग्री गर्मी होस वा शरीर कठङ्ग्रिने चिसो मजदुरी गर्ने उनको दैनिकी हो । यसैले उनको परिवार धानेको छ । त्यसैले गर्मी उनका लागिकेही होईन । चिन्ता एउटै छ—साँझबिहानको छाक टरोस । गर्मीले पसिना जति नै बगोस अरामले खान पाइयोस । टनटलापुर गर्मी छल्न टाउकोमा अाँगौछा र्छन । ‘काम नगरेसम्म खान पाईदैन । गरिबलाई गर्मी जाडो मानेर भएन । परिवार पाल्नै प¥यो,’ उनी भन्छन्,‘गर्मीले शरीर पोल्छ तर अरुको काम गर्ने मान्छे कसरी अराम गर्न पाउँने ।’
Advertisement
उनीजस्तै बर्दियाका सयौँ मजदुर नेपालगन्ज उपमहानगरमा मजदुरी गर्दै आएका छन् । उनीहरुलाई प्रचण्ड गर्मी खेप्ने बानी परिसकेका छ । गर्मीबाट जोगिन सर्वसाधारणहरु दिउसो बाहिर निस्किदैनन् । तर त्यहीसमयमा भने मजदुरहरु काममै खटिएको देखिन्छन् । बर्दिया ठाकुरबाबा नगरपालिका चित्कैयाका आशराम चौधरी पनि दिउँसोको गर्मीमै घर बनाउने काममै खटिएका हुन्छन् ।
दैनिक ज्यालादारी आठ सय पाउँछन् । ‘पढ्न सकिएन । परिवार पाल्न काम गर्नै पर्छ । घरमा बसेर खान पुग्दैन,’ उनले भने,‘जस्तोसघढसकै मौसम होस काम त गर्नै प¥यो नि ।’ उनका अनुसार गरिव मजदुरहरुलाई जाडोभन्दा गर्मी सिजन ठिक हुन्छ । गर्मीमा धेरै कपडा लगाउन पर्दैन । बनियान भए हुन्छ । चिसोमा बाक्लो कपडा किन्न नोट उनीहरुसंग हुँदैन । ‘त्यसैले हामीजस्ता गरिवका लागि गर्मी नै ठिक । गर्मीले शरीर पोल्द सहन सकिन्छ तर चिसो खेप्न सकिदैन,’ उनले गर्मी र चिसो मौसम बीचको अन्तर सु नाए ।
बर्दियाका अधिकांश मजदरहरु कामको खोजिमा नेपालगन्ज पुग्छन् । कतिपय डेरा गरेर बसेका छन् । बाँ केको सीमासंग जोडिएको बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिकाका मजदुरहरु कामका लागि साईकलमै त्यहाँ पुग्छन् । उनीहरु नेपालगन्ज आउजाउ गर्न दैनिक ६० किलो मिटर दुरी साईकलमा पार गर्छन । बर्दियामा खासै शहर नभएका कारण नेपालगन्ज उनीहरुका लागि गन्तब्य बनेको छ । उनीहरुले दैनिक ज्याला ६ सयदेखि एक हजारसम्म पाउने गरेका छन् ।









