पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

 

पाँचथर/ईकान्तिपुर — पौडी खेल्ने क्रममा इलामका दुई बालकको मृत्यु भएको छ । माई नगरपालिका–माइखोलाको बाँदरगाउँ दोभानमा डुबेर माई-८ का विक्रम लिम्बूका छोरा वर्ष ११ वर्षीय मिङसुहाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई पानीबाट उद्धार गरी तत्काल स्थानीय मेडिकल लगिएको थियो ।

Advertisement

त्यहाँ उपचार सम्भव नभएपछि झापाको बिएन्डसी अस्पताल लैजाने क्रममा मिङसुहाङको मृत्यु भएको प्रहरीको भनाइ छ ।

सोही स्थान बस्ने राजेन्द्र आङदेम्बेका छोरा अन्दाजी ९ वर्षीय किस्मनको पनि डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य २ जनाको भने उद्धार गरेर परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले इलामले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु