प्रहरीमा जागिर लगाइदिने भन्‍दै ठगि गर्ने पक्राउ

मोरङ । प्रहरीमा जागिर लगाइदिने भन्‍दै ३ लाखभन्दा बढी रकम ठगी गर्ने मोरङको कटहरी गाउँपालिका-३ बस्‍ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरिले पक्राउ गरेको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका उनीमाथि ठगी कसूरमा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु