पहिले स्वयंसेविका, अहिले शासनसत्ता

 

३ असोज, विराटनगर। मोरङ कानेपोखरी गाउँपालिका उपाध्यक्ष हुँदासम्म कानेपोखरीकी राजमती इङ्नाम सर्वस्वीकार्य नै थिइन् । पालिका अध्यक्षको चुनाव जित्दा भने केही फरक थियो ।

Advertisement

सामुन्नेमा मुखै खोलेर कसैले चुनौती नदिए पनि कतिपयको व्यवहारमा उनी सहजता पाउन्नथिन् । पछिल्तिर घोचपेच र छेडखानी गरेको भने उनी चाल पाउँथिन् । महिला अध्यक्ष भएर इङ्नामले यत्रो पालिका कसरी चलाउलिन् भन्ने आशंका उनीहरूमा व्याप्त थियो ।

‘सधैं पुरुषलाई देखिरहेको कुर्सीमा महिला देख्दा गाह्रो हुँदोरहेछ’ उनले भनिन्, ‘बाहिर सामान्य देखिए पनि भित्र मनबाट परिवर्तन ल्याउन चाहिं समय लाग्ने रहेछ । कतिले भन्न नमिल्ने खालका कुरा पनि गर्दारहेछन्, तर यस्ता कुरा पचाएर आफ्नो काम गरेको गर्‍यै गर्नुपर्छ ।’

२०७२ को संविधानले दिएको अधिकारकै कारण वर्षौंदेखि पुरुष बस्ने कुर्सीमा महिलाले अवसर पाएको उनको ठम्याइ छ । ‘सधैंभरि त्यो कुर्सीमा पुरुषैपुरुष बसेका थिए राणाकालदेखि नै, अहिले संविधानले दियो र हामीले बस्न पायौं’ उनले भनिन्,‘संविधानले व्यवस्था नगरेको भए त त्यो अध्यक्षको कुर्सीमा मात्र होइन, उपाध्यक्षको कुर्सीमा पनि पुरुष नै बस्नुहुन्थ्यो होला ।’ अनलाइन खबर ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु