बर्दिया । चर्को गर्मीसंगै बाँके र बर्दियाका अधिकांश गाउँमा धारा सुकेका छन् । धारा सुकेपछि सर्वसाधारणलाई कष्ट झेल्नु परेको छ । खाने पानीको अभावपद्धि सर्वसाधारणहरुलाई सास्ती झेल्नु परेको छ ।
उनीहरुलाई पीउनका लागि पानीको खोजी गर्नु पर्ने बाध्यता आई लागेको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा न. ५ को बढैया, जगति।या लगायतका क्षेत्रका धारा सुकेका छन् । धारा सुकेपछि पीउने पानी छैन । पीउनका लागि पानी यताउती गएर खोज्नु पर्ने बाध्यता छ, स्थानीय अमृत चौधरी भन्छन् ।
Advertisement
बर्दियाको मधुवन, ठाकुरबावा लगायतका पालिकाका गाउँका धारा पनि सुकेका छन् । बाँकेको राप्ती सोनारी, नरैनापुर, बैजनाथ र खजुरा गाउँका धारा सुकेको स्थानीयले जनाएका छन् । बर्षा सुरु भएपछि मात्रै पानीको संकट हट्ने गरेको छ । गर्मी याममा हरेक वर्ष धारा सुक्ने र पानीको संकट बढ्ने गरेको हो ।









