काठमाडौँ — आन्दोलनमा उत्रेका शिक्षकहरु उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकक्षमा शिक्षामन्त्री अशोककुमार राई शिक्षक महासंघका पदाधिकारीहरुसहित बिहीबार बिहान वार्तामा बसेका छन् ।
Advertisement
वार्तामा दुवै पक्षका मागहरुको सन्दर्भमा सकारात्मक छलफल भएको र समस्या समाधान गर्न दुवै पक्ष तयार भएको जनाईएको छ ।
संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन सुरु गरेका छन् ।आज पनि आन्दोलन जारी राख्ने बताएका शिक्षकहरु आन्दोलनकै बीचमा वार्ताका माध्यमबाट आफूहरुको समस्या समाधानमा जुटेका हुन् । यसअगाडि आन्दोलनरत शिक्षकहरु सरकारसँग वार्ताका तयार भएका थिएनन् ।









