
बर्दिया, गुलरिया
नागरिक उन्मुक्ति पार्टी बर्दिया र बाँकेले गणतन्त्र दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम गरि मनाएको छ । पार्टीका संरक्षक रेशम लाल चौधरीको गणतन्त्र दिवसको अबसरमा रिहाई भएको खुशियाली बर्दियाको गुलारियामा पार्टीका नेता कार्यकर्ता भेला भएर कार्यक्रम गरिएको पार्टीका बर्दिया जिल्ला अध्यक्ष सोमाई थारुले बताए । कार्यक्रममा बोल्दै पार्टीका संरक्षक रेशम लाल चौधरीले नारिकका लागि जिउदो सहिद भएको बताए । पहिचान सहितको संघियता र समाजबादका लागि आफु रातदिन खतेर लागि परेको उनले बताए । उनले भने, पार्टी फुटाउन परे, फुटाउँछौ तर पहिचानको मुद्ध नछाड्ने बताए ।, पार्टीमा समान्य खतपत भएपनि नेता कार्यकर्तालाई कुनै पनि अलमलमा नपरेर पार्टीको काममा लाग्न निर्देशन समेत उनले दिए ।
यस्तै कार्यक्रममा पार्टीका महासचिव ठाकुर सिंह थारुले पार्टीलाई बिफल बनाउनका लागि बिभिन्न शक्ति लागि परेको अरोप लगाए । पार्टीको केन्द्रिय कमिटी एउटा घेरामा रहेको छ । उक्त घेराबाट बहिर निष्कन समेत उनले आग्रह गरे । पार्टी पहिचान र समाजबादको मुद्ध बोकेको हुनले त्यसतर्पm अगाडी बढ्न उनको सुझाव थियो । यस्तै पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश संसद राज कुमार चौधरीले पार्टीले पहिचानको मुद्ध बोकेको हुनले प्रदेश सरकारसंग थारु, मधेसी, मुस्लिम, दलित पिछडा बर्गको हक र अधिकार स्थापित गर्नका लागि संघर्ष गर्दै आएको बताए । उक्त मुद्धमा सबै संसदले साथ नदिदां चुनौती रहेको उनले बताए ।
Advertisement
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य सुरेश चौधरीले नागरिकको बलिदानीका बिचबाट गणतन्त्र स्थापना भएको तर त्यसका बास्तबिक उपलब्धि नागरिकले गर्न नपाएको बताए । बास्तबिक गणतन्त्रको अनुुभुति गर्नका लागि अभैm पनि नागरिकले संघर्ष गर्न जरुरी रहेको उनले बताए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य सोमती चौधरीले राज्यको सत्ता संञ्चालकहरुबाट भएको पछाडि परेका नागरिकलाई गरेको दमनलाई गित मार्पmत अनुभुति गराएका थिए । पार्टीका केन्द्रिय सदस्य खड्क बहादुर शाहीले व्यवस्था परिवर्तन भएपनि आवस्था परिवर्तन हुन नसकेको बताए । पार्टीका बाँके जिल्ला अध्यक्ष चन्तराम थारुले पार्टीका संरक्षक रेशम चौधरी बिना पार्टीको प्रगति नहुने बताए । त्यसकारण पार्टीलाई अगाडी बढाउन सबै एक भएर लाग्न अग्रह समेत उनले गरे । कार्यक्रममा बाँके, बर्दियाका पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्या मात्रमा सहाभागिता थियो ।









