चरम खडेरीको चेतावनी’

बीबीसी । मौसमविद् प्राध्यापक दीपक अर्याल बिथोलिएको वर्षा प्रणाली र बढिरहेको तापक्रमले नेपालमा चरम खडेरीको चेतावनी दिइरहेको बताउँछन्।

“नेपालको ठूलो अर्थतन्त्र मनसुन र प्री-मनसुनको वर्षामा निर्भर छ। कति ठाउँमा यस पटक समेत पानी नपरेरै कतिपय बाली लगाउन पाइएन,” उनी भन्छन्।

Advertisement

तर प्री-मनसुन र मनसुनबीच भने सम्बन्ध नहुने भएकाले मनसुन समेत सुक्खा हुन सक्छ भन्ने निश्चित नहुने विज्ञहरू बताउँछन्।

मनसुन एउटा क्षेत्रीय प्रणाली हो भने प्री-मनसुनमा आर्द्रताको स्रोत एउटै भए तापनि त्यसमा स्थानीय स्रोतबाट पानी पर्ने गर्छ। तर कहिलेकाहीँ चक्रवातका बेला परपरका प्रणालीका असर पश्चिमी वायुमार्फत् प्री-मनसुनमा देखिन्छ।

अर्याल थप्छन्, “त्यसैले मनसुनी अवधिमा समेत खडेरी नै पर्ला भन्न मिल्दैन। यो वर्ष सुख्खा भयो भन्दैमा अर्को वर्षसमेत त्यस्तै होला भन्न सकिँदैन।”

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु