बढैयातालमा न्याय सम्पादन सम्बन्धी अन्तरक्रिया

१८ जेष्ठ , बढैयाताल , बर्दियाको बढैयातालमा न्याय सम्पादन सम्बन्धी अन्तरक्रिया गरिएको छ ।

बढैयाताल गाउँपालिकाको आयोजनामा तथा पालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

Advertisement

स्थानिय सरकार सञ्चालन ऐन २०७४ अनुसार न्यायिक समितिको क्षेत्रअधिकार र न्यायिक समितिले कस्तो प्रकृतिको विवाद निरुपरण गर्ने र अधिकारका बिषयमा जानकारी गराएको थियो ।


न्यायिक समिति बढैयातालका संयोजक लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सहजिकरण अधिबक्ता लक्ष्मी नेपालले गरेकी  पालिकाले जनाएको छ ।
शुक्रवार भएको अन्तरक्रिया कार्यक्रममा वडा नम्बर १ देखि ९ सम्मका अध्यक्ष , कार्यपालिका सदस्य , न्यायक समितिका सदस्य, मेलमिलाप समितिका संयोजक , पत्रकार लगाएत ३८ जनाको सहभागिता रहेको बढैयाताल गाउँपालिकाका मेलमिलाप संयोजक गुम बहादुर परियारले जानकारी दिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु