बाँकेमा विद्युत नियमित नहुने कारण माग गर्ने

 

नेपालगन्ज, जेठ १९ गते । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज र कोहलपुर वितरण केन्द्रअन्तर्गत विद्युत नियमित हुन नसक्ने कारणहरुलाई लिखित रूपमा माग गर्ने निर्णय गरिएको छ ।

Advertisement

बाँकेको नेपालगन्जमा देखिएको विद्युत समस्या समाधानका लागि पहल गर्न नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको संयोजकत्वमा निर्माण गरिएको बिद्युत समस्या समाधान संयन्त्रको पहिलो बैठकले नेपालगन्ज र कोहलपुर वितरण केन्द्रसँग विद्युत नियमित नहुने कारणहरु लिखित रूपमा माग गर्ने र विद्युत नियमत गर्नकालागि रहेका अल्पकालीन, दीर्घकालीन समस्याको पहिचान गरेर सोही बमोजिम पहल गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णयबारे जानकारी गराउँदै विद्युत समस्या समाधान संयन्त्रका संयोजक धामीले वितरण केन्द्रसँग लिखित रुपमै विद्युतका समस्या माग गरेर माथिल्लो निकायमा पनि लिखित रुपमै जानकारी गराउने र समस्या समाधानको पहल गर्ने बताउनुभयो ।

उहाँले प्रचण्ड गर्मीमा विद्युत निकै अनियमित हुनुका साथै भोल्टेजमा पनि ठुलो समस्या आएपछि नेपालगन्जका सम्पूर्ण अगुवाहरुको भेलाले सयन्त्र निर्माण गरेको बताउनुभयो ।

राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नेपालगन्ज उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, नागरिक समाजका अध्यक्ष, प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतम, पत्रकार महासंघका प्रतिनिधि, उच्च अदालत बार एशोसिएसनका प्रतिनिधि, संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य र संघका महासचिव सदस्य सचिव रहने संयन्त्र भेलाले गठन गरेको थियो ।

नेपालगन्जमा विद्युत समस्या आगामी बर्षमा झन् थपिन सक्ने भएकाले संयन्त्रले सो समस्या बढ्न नदिने र समाप्त गर्ने उदेश्यका साथ काम गर्ने जनाइएको छ ।
गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु