
बर्दिया, जेष्ठ १९ शनिबार
बर्दियाको प्रमुख पर्यटकीय स्थालहरुको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा यातायात र उद्योग, पर्यटन र शहकारी मन्त्रीद्धय धर्म बहादुर चौधरी र खड्ग बहादुर बस्नेतले स्थालगत अनुगमन गरेकाछन् । शनिबार स्थालगत अनुगमनका क्रममा मन्त्रिद्धयले बर्दियाको प्रमुख पर्यटकीय स्थाल बढैयातालको अनुगमन गरेकाछन् । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पेश हुनुताका बिकास बजेतमा सबै कुरा समाबेश गर्ने उद्देश्यले नै पर्यटकीय स्थालहरुको अनुगमन गरिएको भौतिक पुर्वाधार मन्त्रि धर्म बहादुर चौधरीले बताए । मन्त्रि चौधरीले भने, प्रमुख पर्यटकीय स्थालको अनुगमनबाट आवश्यकतामा आधारित योजना तथा कार्यक्रम बनाउन र बजेट बिनियोजन गर्न सहयोग पुग्ने छ । जसबाट योजना कार्यान्वयन गर्न समेत सहज हुने उनले बताए । माछा उत्पादन केन्द्रको रुपमा प्रशिद्ध बढैयाताललाई मन्त्रालयबाट आवश्यक बजेत बिनियोजन गर्ने प्रतिबद्धता समेत मन्त्रि चौधरीले गरे ।
Advertisement
स्थालगत अनुगमनकै क्रममा रहेका उद्योग पर्यटन तथा सहकारी मन्त्रि खड्ग बस्नेतले सही योजनामा बजेत बिनियोजन गर्ने उद्देश्यले नै स्थालगत अनुगमनमा आएको बताए । यसले योजना सम्पन्नता र उपयोगिता हुने मन्त्रि बस्नेतको भनाई थियो । स्थानीयसंग सहकार्य गरी बढैयातालको बिकास गर्ने प्रबिबद्धता समेत मन्त्रि बस्नेतले जनाए ।

अनुगमनमा आएका मन्त्रिद्धयलाई बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले तालको बिकास र बजेटबारे जानकारी गराएका थिए । तालबारे जानकारी गराउँदै अध्यक्ष त्रिपाठीले भने, प्रदेश सरकारको प्रथामिकतामा बढैयाताल पर्न नसकेको उनले बताए । तालको बिकासका लागि आवश्यक बजेत बिनियोजना हुन नसक्दा ताल ओझेलमा पर्दैै आएकाले प्रदेश सरकारबाट आवश्यक बजेत बिनियोजना गरिदिन आग्रह समेत अध्यक्ष त्रिपाठीले गरे । यस्तै बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले स्वागत मन्तब्य सहित तालको बिकासका लागि प्रदेश सरकारको ध्यानर्कषण गराएका थिए, भने पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जन सुबेदीले तालमा भैरहको बिकास बजेतबारे जनाकारी गराएका थिए ।
स्थालगत अनुगमनमा रहेका मन्त्रिद्धय चौधरी र बस्नेतले बर्दियाको बढैयाताल, कृष्णसार संरक्षण क्षेत्र, ठाकुरद्धरा र राजापुरको पर्यटकीय क्षेत्रको स्थालगत अनुगमन गरेकाछन् । स्थालगत अनुगमनमा उद्योग पर्यटन तथा सहकारी मन्त्रालयका सचिव उमेश ढुङ्गना , भौतिक पुर्वाधार मन्त्रालयका भौतिक पुर्वाधार बिज्ञ पवन बराल लगायत्का टीम अनुगमनमा सहभागी थिए ।










