स्वर्गद्वारी गुठिपीडित किसानद्वारा मालपोत र नापी कार्यालयमा तालाबन्दी

घोराही, जेठ २० गते । स्वर्गद्वारी गुठिपीडित किसानहरुले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् । आफुहरुका माग सरकारले पूरा नगरेको भन्दै मोहिपीडित किसानहरु तालाबन्दी कार्यक्रममा उत्रिएका हुन् ।

सरकारले पटक–पटक आफुहरुसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाब स्वरुप तालाबन्दी गर्नुपरेको गुठिपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभयो । तालाबन्दी भएका मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीहरुले घेरेका छन् ।

Advertisement

आन्दोलनकारीलाई भगाउन प्रहरीले लाठी चार्ज तथा अश्रुग्यास प्रहार गरेको थियोे । त्यसक्रममा सात जना गुठीपीडित किसान घाइते भएको अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ । स्वर्गद्वारी आश्रमको जग्गामा भएको दोहोरो स्वामित्व अन्त्यको काम गर्दै लामो समयदेखि गुठी पीडित किसानहरु आन्दोलनरत छन् । गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु