स्वर्गद्वारी गुठी पीडितमाथि १० राउण्ड अश्रुग्याँस प्रहार, ४ जना घाइते

 

 

Advertisement

दाङ । स्वर्गद्वारी गुठी पीडित किसानहरु दाङस्थित नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्ने क्रममा प्रहरीसंग झडप हुँदा ४ जना घाईते भएका छन् ।
घाइतेहरुको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । तालाबन्दी खोलाउन प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । कार्यालय खुलाउने क्रममा बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।

सरकारले आफूहरुसँग पटक–पटक सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाबस्वरुप तालाबन्दी गर्नुपरेको गुठी पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु