उखुरी — बाँके निर्वाचन क्षेत्र नं १ (१) बाट निर्वाचित कृष्णा केसी पुनः मन्त्री भएकी छन् । लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री जोखबहादुर महराले महराले सोमबार माओवादीकी कृण्गालाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा नियुक्त गरेका हुन् । उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ ।
नवनियुक्त मन्त्री केसीले सोमबार नै प्रदेश प्रमुख समक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको सपथग्रहण गरेकी छन् ।
Advertisement
लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्रीसहित ५, माओवादीबाट मुख्यमन्त्रीसहित ३, नागरिक उन्मुक्ति, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टीबाट १।१ मन्त्री छन् । स्वतन्त्रबाट १ जना मन्त्री भएका छन् ।









