विश्वकपमा नेदरल्यान्ड्ससँग खेल्नुअघि नेपालको आत्मविश्वास कस्तो छ?

बीबीसी ।  आइसीसी टी-२० क्रिकेट विश्वकपमा नेपालको पहिलो खेल सुरु हुने समयसँगै नेपाली क्रिकेट समर्थकहरूको ढुकढुकी तीव्र भइरहेको छ।

‘ग्रुप अफ डेथ’ भनिएको समूह ‘डी’ मा रहेको नेपालका लागि १० वर्षपछिको विश्वकप अवसर तरबारको धार माथिको यात्रा भएको क्रिकेटका कतिपय पण्डितहरू टिप्पणी गर्छन्।

Advertisement

तर नेपाल कुनै पनि टोली भन्दा कमजोर नभएको विश्वास कप्तान रोहित पौडेलको छ।

दक्षिण अफ्रिका, श्रीलङ्का र बाङ्गलादेश जस्ता टेस्ट राष्ट्र सँग खेल्नु अगाडि नेपालको परीक्षा मङ्गलवार नेदरल्यान्ड्स विरुद्धको खेलबाट हुँदैछ।

रोहितको आत्मविश्वास खेल अगाडिको प्री म्याच प्रेस कन्फ्रेन्समा पनि दोहोरियो।

“दुवै टोली सन्तुलित छन्। मलाई लाग्दैन की नेदरल्यान्ड्स हामी भन्दा अगाडि हो। जसले दबाब झेल्न सक्छ, जित उसैको हुन्छ,” पौडेलले भने।
झन्डै एक महिना अगाडि देखि अमेरिका/वेस्ट इन्डिजमा आएर यहाँको मौसमसँग अभ्यस्त बनिरहेका नेपाली खेलाडीहरूले १० वर्ष पछिको विश्वकप सहभागितालाई अवसरका साथै चुनौतीका रूपमा लिइरहेका छन्।

र त्यसमा खरो उत्रिन उनीहरू गम्भीर पनि देखिन्छन्।

हेड टू हेड’मा को अघि

नेपालले समूह चरणका खेलहरूमा प्रतिस्पर्धा गर्ने चार टोलीहरूमध्ये नेदरल्यान्ड्स मात्रै नेपालका लागि परिचित प्रतिद्वन्द्वी हो। यी दुई टोलीले अहिलेसम्म १२ वटा टी-२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गरिसकेका छन्।

जसमध्ये छ खेलमा नेदरल्यान्ड्सले र पाँचमा नेपालले जित हात पारेको थियो।

एक खेल नतिजाविहीन भएको थियो।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु