काठमाडौं । घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि काठमाडौंको चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएका छन् ।
Advertisement
२४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको छ । १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको बर्न अस्पतालले जनाएको छ । अन्य तीन जनाको भने शरीरको ८ देखि १० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।
घाइते पाँचै जनाको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धानकै क्रममा रहेको भन्दै प्रहरीले कसैको पनि परिचय खुलाएको छैन ।









