तिन लाख भन्दा बढी मुल्यकोे ब्रोइलर कुखुरा किसानकाे नियन्त्रणमा अनुसन्धानका लागि क्वारेन्टाईन चलान

 

बर्दिया तिन लाख भन्दा बढी मुल्यको ब्रोईलर कुखुरा किसानले नियन्त्रणमा लिएर प्रहरी बुझाएका छन् ।

Advertisement

 


आज बिहिवार बिहान अन्दाजी ४ः३० बजेको समयमा बढैयाताल गाउँपालिका वडा नं.३ स्थित भोलागौडी पेट्रोलपम्प नजिक वाट गाडी सहित नियन्त्रणमा लिएका शंकासपद ब्रोईलर कुखुरा थप अनुसन्धानको लागि जिल्ला पशु क्वारेन्टाइन बर्दिया चलान गरिएको प्रहरीले जनाएको छ ।

बर्दिया जिल्ला कुखुरा पालक संघ बढैयातालका किसान दारा सिंह थारुको नेतृत्वमा खटिएको निगरानी टोलीले भे १ च ४४४२ नम्बरको भ्यानमा लोड गरि  काेहाेलपुर तर्फ लैजादै  गरेको अवस्थामा  चेक जाँज गर्ने क्रममा बिलमा सप्लार्यसको नाम र भेटेरीनरीको प्रमाणमा सप्लायर्सको छाप फरक भएको हुदा शंकास्पद भएको भन्दै कुखुरा ब्यबसायिक संघ बढैयातालका किसानले ईलाका प्रहरी कार्यालय मैनापोखरमा बुझाएको किसान नर बहादुर रावतले बताए ।

           
११ सय ४० किलो ग्रामको अन्दाजी बजार मुल्य ३ लाख १९ हजार दुई सय बराबरको ब्रोइलर कुखुरा जय बाबा नमुना पोल्ट्री फर्म बढैयाताल वडा नम्बर २ फुटाहा बिक्रेता भएको र क्रेता मन कामना फ्रेस एण्ड सप्लायर्स कोहोलपुर बाके रहेको भेटेरीनरीको प्रमाण पत्रमा भने छाप जय बाबा नमुना पोल्ट्री फर्मको नभई पार्वती पोल्ट्री फर्म बाँसगढी ३ बेलवाको भएकोले अबैध रुपमा तस्करले ल्याएका कुखुरा हुन सक्ने भन्दै अनुसन्धान र कार्वाहीकाे लागि प्रहरीमा बुझाएकाे कुखुरा पालक संघ बढैयातालका अध्यक्ष रामदेब थारूले बताए ।

खुल्ला सिमा  क्षेत्र भएकाेले अबैध रूपमा भारतिय कुखुरा नेपाल भित्रीने क्रम नराेकिएकाेले  सिमा क्षेत्रमा  प्रहरीको निगरानी बढाउनु पर्ने जिल्ला कुखुरा ब्यबसायी संघका अध्यक्ष अशोक के.सी.ले बताए ।
किसानले बुझाएको कुखुरा सहितको गाडीको बारेमा ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र सिंह ठगुन्नाले ब्रोइलर कुखुरा फर्म र सप्लायर्सको छाप फरक देखिएको हुदा बास्तबिकता केहो भन्ने बारेमा थप अनुसन्धानको लागि जिल्ला पशुक्वारेन्टाइन कार्यालय बर्दिया पठाएको प्रहरी निरिक्षक ठगुन्नाले जानकारी दिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु