२४ जेषठ , बढैयाताल बिल विजकको दुरुपयोग गरि खुलेआम ब्रोइलर कुखुरा ओसार पसार भएको कुखुरा पालक किसानले बताएका छन् ।
Advertisement

बढैयाताल गाउँपालिका वडा नं २ फुटाह वाट कोहोलपुर तर्फ लैजादै गरेको अवस्थामा जिल्ला कुखुरा पालक संघ बढैयातालका समितिले चेक जाँच गर्नेक्रममा बिल बिजकको दुरुपयोग भएको फेला पारेका हुन् ।
तिन लाख भन्दा बढी मुल्यको ७ सय १८ वटा ब्रोईलर कुखुरा यहि २४ गते बिहिवार बिहान अन्दाजी ४ः३० बजेको समयमा बढैयाताल गाउँपालिका वडा नं.३ स्थित भोलागौडी पेट्रोलपम्प नजिक वाट गाडी सहित कुखुरा नियन्त्रणमा लिएको कुखुरा पालक संघका सदस्य नरबहादुर रावतले जानकारी दिए ।

बर्दिया जिल्ला कुखुरा पालक संघ बढैयातालका किसान दारा सिंह थारुको नेतृत्वमा खटिएको निगरानी टोलीले भे १ च ४४४२ नम्बरको भ्यानमा लोड गरि ल्याउदै गरेको अवस्थामा चेक जाँज गर्दा सप्लार्यसको नाम र भेटेरीनरीको प्रमाणमा छाप फरक भएको हुदा शंकास्पद भएको भन्दै कुखुरा ब्यबसायिक संघ बढैयातालका किसानले ईलाका प्रहरी कार्यालय मैनापोखरमा बुझाएको बढैयातालका कुखुरा पालक संघका अध्यक्ष रामदेब थारुले बताए ।
११ सय ४० किलो ग्रामको अन्दाजी बजार मुल्य ३ लाख १९ हजार दुई सय बराबरको ब्रोइलर कुखुरा जय बाबा नमुना पोल्ट्री फर्म बढैयाताल वडा नम्बर २ फुटाहा बिक्रेता भएको र क्रेता मन कामना फ्रेस एण्ड सप्लायर्स कोहोलपुर बाके रहेको भेटेरीनरीको प्रमाण पत्रमा भने छाप पार्वती पोल्ट्री फर्म बाँसगढी ३ बेलवाको भएकोले अबैध रुपमा तस्करले ल्याएका कुखुरा हुन सक्ने किसानको भनाई छ ।

किसानले प्रहरीमा बुझाएको गाडी सहितकोे उक्त कुखुराको प्रारारम्भिक अनुसन्धान गर्दा कुखुरा फर्म तथा सप्लायर्सको छाप नभएर फरक सप्लायर्सको छाप भएको हुदा थप अनुसन्धानको लागि जिल्ला पशु क्वारेन्टाइन कार्यालय बर्दिया पठाएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिए ।
जिल्ला कुखुरा पालक संघ बर्दियाका अध्यक्ष अशोक के.सी.ले सिमा क्षेत्र वाट अबैध रुपमा भारतिय ब्रोइलर कुखुरा नेपाल भित्रने क्रम नरोकिएको भन्दै सिमा क्षेत्रमा प्रहरीको गस्ति लाई तिब्र पार्नु पर्नेमा जोड दिए ।









