ब्राउन सुगरसहित मधुवनका दुई युबा पक्राउ

 

बर्दिया — प्रहरी चौकी गणेशपुर र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले जाँचको क्रममा दुई जनालाई ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार मधुवन नगरपालिका–७ तारातालका २४ वर्षीय अजय सुनारलाई ३९० मिलीग्राम र भारतको लौकाही हुँदै नेपालतर्फ पैदल आइरहेका मधुवन नगरपालिका ७ तारातालका अन्दाजी ३५ वर्षीय दिनेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मगरबट ब्राउन औषध जस्तो देखिने खैरो धुलो पदार्थ ५ सय ७० मिलीग्राम फेला परेको छ ।

सुनार र मगरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानसहित कारबाही बढाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु