२५ जेष्ठ बढैयाताल , बढैयातालका शिक्षकहरु बिच आज शिकाइ अनुभब आदान प्रदान गरिएको छ ।
Advertisement

बाँके यूनेस्को क्लबको आयोजनामा तथा शिक्षा शाखा बढैयातालको समन्वयमा बढैयातालको मैनापोखरमा शुक्रवार अनुभब आदान प्रदान गरिएको हो ।
गुणस्तरीय शिक्षाका लागि शिक्षण सिकाई लाई प्रभाबकारी बनाउने उद्देश्यले आयोजित अनुभब आदान प्रदान कार्यक्रममा शिक्षा शाखा बढैयातालका धन बहादुर थापाले सहजिकरण गरेका थिए ।

बढैयातालका प्राथामिक , आधारभुत र माध्यामिक बिद्यालयका बिषयगत शिक्षक र प्राधानाध्यकहरुको सहभागिता रहेको उक्त छलफल कार्यक्रममा ५ वटा समुहमा समुह कार्य गरिएको थियो । पाँच वटै समुहले हालको अवस्था र सुधार गर्नु पर्ने कुराहरुको बुदागत रुपमा प्रस्तुत गरेका थिए ।

शिक्षा समिति बढैयातालका सदस्य तथा भवानी मा.बि. सिमराका प्रधानाध्यापक धर्मप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्य माथि बाँके यूनेस्को क्लबका कार्यक्रम अधिकृत इश्वर बि.क.ले प्रकास पारेका थिए ।
अनुभब आदान प्रदान कार्यक्रममा शिक्षक , बढैयातालका आन्तरिक लेखा परिक्षक प्रेम बहाादुर रोक्का , शिक्षा शाखाका कर्मचारी पत्रकार लगाएत २५ जनाको सहभागिता रहेका क्लबका फिल्ड सुपरभाइजर राम बहादुर थारूले जनाएका छन् ।









