अधिकारकर्मी रुबि खानसहित १२ जना पक्राउ

नेपालगन्ज । न्यायका लागि नेपालगन्जबाट काठमाडौं पुगेका सर्वसाधारण र अधिकारकर्मी माइतीघर मण्डलबाट पक्राउ परेका छन्।

उनीहरूले निर्मला कुर्मीलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय, बाँकेको अगाडि धर्ना दिएका थिए। एक सातासम्म धर्ना दिंदा पनि सुनुवाइ नभएपछि अधिकारकर्मी रुबी खानको नेतृत्वमा उनीहरू काठमाडौं पुगेका हुन्।

Advertisement

बाँके प्रहरीले निर्दोषलाई पक्राउ गरेको र दोषीलाई उम्काएको आरोप लगाउँदै उनीहरू ‘जेल भरौं’ अभियान चलाइरहेका छन्। त्यही अभियानका क्रममा काठमाडौं पुगेका हुन्।

शुक्रबार बिहान कलंकीबाट पैदल मार्च गरेर माइतीघर मण्डल पुगेका थिए। माइतीघरमा प्रदर्शन गर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले खानसँगै १२ जनालाई नियन्त्रणमा लिएको छ। नेपालगन्जबाट १६ जना काठमाडौं आएका थिए। हिमाल खबर ।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु