मैत्रीपुर्ण किशोरी फुटवल प्रतियोगिताको बिजेता बन्यो बाँसगढी

२७ जेष्ठ बढैयाताल , पालिका स्तरीय अन्तर मैत्रीपुर्ण किशोरी फुटबल प्रतियोगितामा बाँसगढी बिजेता बनेको छ ।


बाँसगढी र राजापुर नगरपालिका बिच सनिवार भएको मैत्रीपुर्ण किशोरी फुटवल प्रतियोगितामा दुई सुन्य गोल अन्तरले बाँसगढी प्रतियोगिताको बिजेता बनेको हो ।

Advertisement


मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी भन्ने मुलनाराका  साथ भएको प्रतियोगितामा राजापुर नगरपालिका , गुलरिया नगरपालिका , बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा संचालित सि.ओ.सी. क्लबका किशोरीले भाग लिएका बि.ग्रुपका सहजकर्ता बिनोद पौडेलले जनाएका छन् ।

बि. ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा तथा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्धघाटन भएको हो ।
प्लान नेपालको सहयोगमा बि. ग्रुपको बालविवाह , छिटो हुने बिवाह र जवरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तरर्गत भएको प्रतियोगितामा बिजेता बनेको बाँसगढी , उप बिजेता बनेको राजापुर , तृतिय बनेको बढैयाताल र सान्तोनामा चित्त बुझाएको गुलरिया नगरपालिका लाई सिल्ड प्रदान गरिएको बि.ग्रुपका सहजकता कृष्णराम थारुले जनाएका छन् ।

किशोरीहरु लाई पनि आन्तरीक क्रियाकलाहरुमा सहभागिता गराई खेल विकासमा प्रोत्साहीत गर्ने उद्देश्यले मयुर यूवा क्लबको खेल मैदान बढैयाताल ८ नयाँबस्तीमा सञ्चालन भएको प्रतियोगिता गोचाली क्लब बढैयाताल ७ बोकटियाको समन्वयमा भएको गोचाली क्लबका अध्यक्ष सिद्धान्त थारुले जनाएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु