Advertisement
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव फेरि निर्विरोध निर्वाचित भएका छन् ।
अन्य पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।








