बढैयातालमा यूवामैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिरण

३१ जेष्ठ , बर्दियाको बढैयातालमा यूवामैत्री स्थानीय शाससन सम्बन्धी अभिमुखिरण भएको छ ।

 

Advertisement

प्लान इन्टरनेश्नल नेपालको सहयोगमा तथा बाँके यूनेस्को क्लब बाँकेको आयोजनामा यूवामैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिरण भएको हो ।

स्थानियतहको नीती निमार्णमा यूवामैत्री स्थानिय शासनको महत्व , आवाश्यक्ता र प्राथमिकताको बारेमा जानकारी गराउने उद्देश्यले बिहिवार आयोजना गरिएको कार्यक्रममा बागेश्वरी अशल शासन क्लबका कार्यकारी निर्देशक नमस्कार शाहले नीति निमार्ण तहमा यूवाको अर्थपूर्ण सहभागिता र यूवामैत्री स्थानिय शासनको अवधारणा , यूवामैत्री नीति तथा योजना , यूवामैत्री स्थानिय शासन कार्यान्वयननको प्रकृया लगाएतका बारेमा सहजिकरण गरेका संस्थाले जनाएको छ ।

बढैयाताल गाउँपालिकाका उपााध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथि पालिकाका अध्यक्ष हिमालय त्रिपाठीले अभिमुखिकरणको समापनमा बोल्दै पालिकाले बनाउने नीति तथा कार्यक्रममा यूवामैत्री स्थानिय शासनको सम्मान गर्दै यूवाको सवाललाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाए ।

बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी , वडाध्यक्षहरु , कार्यपालिका सदस्य , शिक्षा शाखाका धन बहादुर थापा , स्वास्थ्य शाखाका रमेश पौडेल , आई.टी.शाखाका कमल खड्काथोकी , लगाएत अन्यसरोकार वला सहित ३० जनाको सहभागिता रहेको बाके यूनेस्को क्लबको बालिका शसक्त परियोजना बढैयातालका फिल्ड सुपरभाइजर राम बहादुर थारुले जनाएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु