नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस त्रिशूली किनारमा खस्यो,कम्तिमा १२ जना घाईते

 

नेपालगन्ज। नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ४०६२ नम्बरको यात्रुबाहक बस चितवनको फिस्लिङ नजिकबाट त्रिशुली नदी किनारमा खस्दा कम्तिमा १२ जना घाइते भएका छन् । केही यात्रु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार नेपालगन्जबाट जाँदै गरेको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार आज बिहान साढे ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै आपसमा ठोक्किएका थिए ।

Advertisement

बस त्रिशुली नदी किनारमा खसे पनि कार भने सडक किनारमै छ । कारमा सवार २ जनाको अवस्था गम्भीर छ । टाउकोमा गम्भीर चोट लागेका कार चालक पोखरा महानगरपालिका ५ का ३५ वर्षीय समिर ओझा र टाउकोमा नै चोट लागेका सोही कारमा सवार काठमाडौंको टोखा नगरपालिका ६ टोखाका २२ वर्षीय शेखर मिश्रको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।

बस चालक कोहलपुर १२, बाँकेका ३५ वर्षीय विकास मल्ल प्रहरी नियन्त्रणमा छन् ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु