समाजमा स्वीकार तर शासकले नस्वीकारेको पहिचान

पहिचान शब्ढ सुन्ने बित्तिकै पक्ष र विपक्षमा उभिनेहरुको जमात उत्तिकै छ । कतिपयहरु पहिचानको वास्तविकता नबुझेर नै पक्ष विपक्षमा उभिएको देखिन्छन् । यसमा थुप्रै कारण हुनसक्छन् । तर, प्रमुख कारण भनेको सरल भाषामा आम नागरिकलाई बुझाउन नसक्दा ‘पहिचान’ को विपक्षमा जमात तयार हुदै गएको हुनसक्छ ।

पहिचान बारे बुझ्न एउटा घटना यहाँ उल्लेख गरिएको छ । भारतका ११ औ‘ पुर्ब प्रधानमन्त्री अटल बिहारी वाजपेयी (अहिले राजनीतिबाट सन्यास लिईसकेका) एक पटक आफगानिसतान भ्रमणमा थिए । उनी बास गरेको होटेलको नाम थियो, ‘कृष्णा’ । आफगानिसतानमा पनि होटेलको नाम कृण्णा, अटल जी अचम्म परे । उनको मनमा अनेक प्रश्न खेलिरहयो । अन्तमा आफगानिस्तानका मन्त्रीलाई सोधे– यहॉको होटेलको नाम कृष्णा ? आफगानिसतानका मन्त्रीको सहज जवाफ थियो, दुनियामा सबैभन्दा ठूलो सम्पत्ती भनेकै पहिचान हो । मानिस ससारको कुनै पनि कुनामा पुगे पनि आफ्नो पहिचान जोगाउन कोशिश गर्छ नै । त्यसैको उपज थियो, आफगानिसतानमा पनि होटेलको नाम कृष्णा । यानि कि हिन्दुत्व झल्काउने नाम । यो हिन्दुत्वको पहिचान अन्र्तराष्ट्रिय स्तरका लागि थियो । आफगानिसतानमा पनि आफ्नो पहिचान पाएर प्रधानमन्त्री वाजपेयी खुस थिए ।

Advertisement

अझै पनि मलाई धेरैले पहिचान भनेको के हो भन्दै प्रश्न गर्छन । कतियपले पहिचानकै पक्षमा उभिएको देखेर गालीगलौजमा उत्रिन्छन् । कतिपयले जातीबादको वकालत गरेको संज्ञा दिन्छन् । यहाँसम्म मेरो नजरमा पढेलेखेको कतिपय बिद्धानहरु पनि पहिचानलाई लिएर म संग फरक मत राख्दछन् । म आदीबासी हुनु मेरो पहिचान होईन र ? त्यसो भए ८१ जाती सुचिकृत भएकोे आदीबासी समुदाय मध्ये पनि थारु मेरो अर्को पहिचान किन हुन सक्दैन ? मेरो पालिका, गाउँ, समुदाय अर्को पहिचान हो ।

थारु समुदायभित्र पनि मेरो घरको नाम अर्को पहिचान हो । घरभित्रका मेरो कुल देवता अर्को पहिचान हो । तपाईको पहिचान पनि म जस्तै हुनसक्छ । हो, तपाई र मेरो समुदाय, सांस्कृति, धर्म यिनै विवधता नै नेपाली पहिचान होईन र ? लोकतन्त्रको गहना भनेकै पहिचान हो । जहँँ हजारौ संस्कृतिका फूलहरु फुल्न पाउँन । सबैले आपनत्व महसुस गर्न सकुन, जसरी आफगानिसतानमा प्रधानमन्त्री वाजपेयी आफ्नो देशको आपनत्व महसुस गरे ।

पहिचानको सहज जवाफ खोज्न धेरै टाढा जानै पर्दैन । गाउँघरमै प्रस्तत उदहरण सहजै हेर्न र देख्न पाईन्छ । पहाडबाट तराईमा बसोबास सरेर आएका नागरिकले कुनै व्यवसाय गर्दा आफ्नो पहिचान जोगाउन आफ्नै प्रदेश, गाउँ, जिल्लाको नामाकरणले गर्दछ । जस्तै, धौलागिरी, जुम्ला टे«डस आदि । मधेसमा पहाड झल्किने नामाकरण किन ? यो जायज प्रश्न हुनै सक्दैन । मधेसमा रहेको मुलुकको ऐतिहासिक शहर नेपालगन्जमा रहेकोे सल्यानी बंंगला, दैलेखी बंगला कर्णालीको पहिचान दिइएको त्यस्को ज्वलन्त नजिर हुन ।

सुदुरपश्चिम प्रदेशका थारु समुदायका युवाहरु डडेलधुरा पुगेको र उनीहरुको परिचय ‘पर्वतीया थारु’ पहिचान बनेको कथा कान्तिपुरले २०७९ श्रावण २३ गते कान्तिपुर दैनिकले प्राथमिकताकासाथ समाचार प्रकाशित गरेको थियो । ‘पहाड उक्लँदै थारु’ शिर्षकमा प्रकाशित समाचारले तराई मधेसमा मात्रै थारु सिमित छैनन्, उनीहरु आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको सकारात्मक सन्देश दिएको थियो ।

पहिचानको बहसलाई अझै सरल भाषामा बुझ्न बर्दिया जिल्लाका केही गाउँमा लुकेर रहेका जातीय पहिचान (जसले सामाजिक सामाजिक सदभाव बलियो बनाएको छ) का उदहरण प्रस्तुत गरिएको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा न. ४ सामाजिक सदभाव र जातिय पहिचान भएको नमुना गाउँ हो । उक्त वडामा ८० प्रतिशत बढी थारु समुदायको बसोबास छ । थारु समुदाय बहुल गाउँको बीचमा बिष्ट समुदायको बसोबास छ । अल्पसंख्यकरुपमा रहेका विष्ट सामुदायलाई पहिचान दिन उक्त टोलको नाम बिष्ट टोल राखिएको छ । नजिकै कन्दरा टोल छ । बर्दियाको कन्दरा फाँटबाट आएकाहरुले उक्त बस्ती बसाएका हुन । नजिकै खैरेनी, राम नगर, बुटहा टोल छ । उनीहरुको आफ्नै पहिचान छ । पहिचान जोगाउन आप्mनो गाउँ टोलको नाम उनीहरुले आफै राखेका हुन । अल्पसंख्यक रुपमा रहेका विष्ट समुदायले आफ्नो समुदायको परिचय पाईरहँदा बहुल संख्यामा रहेका थारु समुदायको टाउको कहिल्यै दुेखेन । दुख्नु हुन्न । बहुल थारु गाउँमा पनि विष्ट समुदाय आफ्नो पहिचान पाउँदा अपनत्व बोध गर्नु स्वभाविक हो । बारबर्दियाको जयनगर भन्दा थोरै उत्तर बाहुन टोल । यस्ता सयौँ उदहरण बाँके र बर्दियालगायत देशभरीका गाउँमा पाउँन सकिन्छ । बारबर्दियामा ७४ प्रतिशत थारुको बसोबास छ । तर बाहुन टोलले आफ्नो छुट्टै पहिचान पाएको देख्द निकै मजा आउँछ ।

बारबर्दिया र बर्दिया बढैयाताल गाउँपालिका वडा न. ४ को यो उदहारण भेनेजुयला राज्यसंग मेल खान्छ । भेनेजुयलामा जम्मा २ प्रतिशत ९झण्डै (तीन लाख) मात्रै आदिवासी जनसंख्या छ, तर राष्ट्रिय, प्रादेशिक र स्थानीय तह सबैमा प्रतिनिधित्वको ग्यारेन्टी संविधानले नै गरिदिएको छ । छुट्टै मन्त्रालय छ । उनीहरुको आदिभूमिलाई सरकारले आदिवासीहरुको भूमिको रुपमा सिमाङ्कन गरेको छ । यहाँनिर प्रश्न उठ्न सक्छ–बहुल क्षेत्रमा थारुहरुले आफ्नो पहिचान माग्नु पर्ने अवस्था किन आयो ? यो स्वस्फुर्तरुपमा शासकले दिनुपर्ने होईन र ? पहिचान दिएर लाखौँलाख थारु समुदायलाई राज्यप्रतिको अपनत्व र गौरबबोध गराउनु राज्यको दायित्व होईन र ?
‘मैले आफ्नै पहिचान जोगाउन सकिन भने म हुनुको के अर्थ ? र यदि म मेरालागि मात्रै भए भने मेरो पहिचानको के अर्थ ?,’ पहिचानको संकट (आइडेन्टिटी क्राइसिस) पदावली पहिलोपटक बहसमा ल्याउन विकास मनोविज्ञ एरिक एरिक्सन भन्छन् । उनको यो भनाई ७० प्रतिशत थारु बहुल क्षेत्र बर्दियाको बारबर्दियाको सदरमुकाम जयनगर नजिकै ‘बाहुन’ टोलले पाएको पहिचानसंग मेल खान्छ ।

पेरु, निकारागुवा, पाराग्वे, कोलम्बिया जस्ता मुलुकहरुले आदिवासीहरुको आदिभूमि पहिचान गरी त्यसको अधिकार उनीहरुलाई दिइएको छ । हाम्रै गाउँघरमा पनि सबै समुदायको पहिचान स्वीकार्य गरिएको छ । तर, शासकहरु थारु समुदायको पहिचान किन स्वीकार गर्दैन ? प्रश्न यही हो । लेखक नागरिक उन्मुक्ति पार्टीका नेता हुन ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु