लुम्बिनीको बजेट आज

 

देउखुरी, असार १ गते । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१्०८२ को बजेट आज ल्याउँदै छ। दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

Advertisement

सरकारले ३५ देखी ४० अर्बको बिचमा बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झन्डै १० अर्ब रुपैयाँ घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने गृहकार्य गरेको थियो।

राजश्व सङ्कलनमा आएको कमीका कारण प्रदेश सकारको बजेट आकार घट्ने भएको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०८०्०८१ का लागि कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो।

सङ्घीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका कारण करिब ३५ देखी ४० अर्बको बिचबाट बजेट ल्याउन थालेको हो।
गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु