बढैयातालमा मुक्त कमैया लगत संकलनकर्ता लाई अभिमुखिकरण

१ असार , बर्दियाको बढैयातालमा मुक्त कमैया लगत संकलन कर्ता लाई एक दिने अभिमुखिकरण भएको छ ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको अध्यक्षतामा तथा उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको प्रमुख आतिथ्यमा अभिमुखिकरण भएको हो ।

Advertisement

बढैयाताल गाउँपालिकाको आयोजनामा तथा कमैया महिला जागरण समाज बर्दियाको समन्वयमा भएको अभिमुखिकरण कार्यक्रममा पालिका स्तरीय मुक्त कमैया समाज बढैयातालका अध्यक्ष फुलराम थारु वाट सर्भेक्षण फारम बुझ्दै बढैयाताल गाउँपालिका अध्यक्ष त्रिपाठीले गणकहरु इमान्दार भएर तथ्यांक संकलन गर्नु पर्नेमा जोड दिए ।


फ्रिडम फण्डका कानुनी सल्हाकार बालाराम भट्टराईले तथ्यांङ्कको महत्व , तथ्यांक संकलन गर्दा ध्यान दिनु पर्ने कुराहरु , फिल्डमा तथ्यांक संकलन कसरी गर्ने भन्ने बिषयमा सैद्धान्तिक तथा अभ्यासको बिधिवाट सहजिकरण गरेका कमैया महिला जागरण समाजले जनाएको छ ।


मुक्त कमैया र छुट भएका कमैयाहरुको वास्तबिक तथ्यांक अध्याबधिक र बढैयातालमा मुक्त कमैयाको सम्पूर्ण बिविरण झल्कने प्रोफाईल तयार गर्ने उद्देश्यले एक्सनएड नेपालकाे सहयाेगमा आयोजित  अभिमुखिकरण कार्यक्रमको उद्धघाटान शत्रमा बढैयाताल गाउँपालिकाका वडा नं १ देखि ९ सम्मका वडाध्यक्षहरु , शाखाका कर्मचारीहरु वडा सचिबहरु , मुक्त कमैयाका अगुवाहरु , बुद्धिजिबी , पत्रकार लगाएत ६० जनाको सहभागिता रहेको कमैया महिला जागरण समाजकी सामाजिक परिचालक उषा चौधधरीले जनाएकी छन् ।

बढैयाताल गाउँपालिकाले छनोट गरेका २१ जना गणकहरु तथ्यांक संकलन सम्बन्धी प्रशिक्षित भइ यहि असार २ गते देखि तथ्यांक संकलनका लागि फिल्डमा खटिने कमैया महिला जागरण समाज बर्दियाका परियोजना अधिकृत राजेन्द्र प्रसाद थारुले जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु