खजुरा गाँउपालिकामा आदिवासी जनजाती समुदायका लागि भाषा तालिम तथा सस्कृती संरक्षरण कार्यक्रम

खजुरा २०८१ असार ५ गते बाँकेको खजुरा गाँउपालिकामा आदिवासी जनजाती समुदायका लागि भाषा तालिम तथा सस्कृती संरक्षरण कार्यक्रम सुरु भएको छ। खजुरा गाँउपालिकाले आयोजना गरिएको कार्यक्रमा सहजीकरण भने प्रंजली समद्ध नेपाल संस्थाले गरेको छ ।गाँउपालिकाका वडा नं १ देखि ८ वटा वडामा यो

Advertisement

कार्यक्रम गरिएको हो । वडा नं १ देखि ४ सम्ममा मगर भाषा ५मा माउत भाषा ६र८मा थारु भाषा र ७मा भने गुरुङ भाषाको अध्यापन गराईएको छ । यो कार्यक्रमा जेष्ठ १७ गते बाट आज असार ५गते सम्म सन्चालन गरिने भएको छ ।

 

 

कार्यक्रमा प्रंजली समद्ध नेपाल संस्था का अध्यक्ष्य गनेश बहादुर थापा संयोजक हरि अधिकारी प्रशिक्षक दिप बहादुर गुरुङ पत्रकार शिक्षक र स्थानियहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सस्थाका अध्यक्ष गनेश बहादुर थापा  तथा कार्यक्रम संयोजक हरि अधिकारी लगाएत सस्थाका सम्पुर्ण टीम को सक्रियता मा कार्यक्रम संचालित भएको थियो ।

 

आदिवासी जनजाती समुदायका लागि भाषा तालिम तथा सस्कृती संरक्षरण कार्यक्रम आयोजना गरेकोमा स्थानियहरुले खजुरा गाँउपालिका अध्यक्ष्य डम्बर बि , क लाई धन्यावाद समेत स्थानियहरुले दिएका छन ।

आदिवासी जनजाती समुदायका भाषा लोब हुदै गईरहेको बेलामा यो कार्यक्रममा मार्फत भाषा संरक्षरण गर्नु पर्ने हाम्रो कर्तब्य पनि रहेको स्थानियहरुले बताएका छन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु