बर्दिया — गत भदौ २२ मा मधुवन नगरपालिका(३ को सम्झना सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय काली वंशी मगरलाई आक्रमण गर्ने बाघ फेला परेको छैन । उक्त बाघलाई पहिचान गर्न खाता जैविक मार्गमा पाँच वटा ट्रयापिङ क्यामरा राखिएको थियो । बाघ क्यामरामा नदेखिएको अन्यत्र गएको जानकारी वनका कर्मचारीले दिएका छन् ।
खाता रेन्ज पोष्टका अनुसार बाघ पहिचान गरी नियन्त्रणमा लिन क्यामेरा राखिएको थियो । महिलाको ज्यान लिने बाघ फेला नपरेपछि उक्त क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।
खाता जैविक मार्गमा चार वर्षयता बाघ आक्रमणमा १३ जनाको मृत्यु भईसकेको छ ।









