खजुरा २०८१ असार ७ उपत्यकामा मेलम्चीको पानी तत्काल बन्द नहुने भएको छ। वर्षाका कारण मेलम्ची नदीमा बहाव बढ्न थालेसँगै पानी आपूर्ति बन्द गर्न लागिएको हो।मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै अम्बाथानस्थित मूलद्वार बन्द गर्ने तयारी भएको जनाएको छ।
Advertisement
मुख्य ‘हेडबक्समा पानी थिग्र्याउने संरचना बिग्रिएकाले आयोजना बन्द गर्नुपर्ने अवस्था आएको हो।
बन्द भएपछि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन्। वर्षा कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन शुरु गर्ने खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए। परामर्शदाता र एसियाली विकास बैंकले ९एडीबी०को मनसुनजन्य विपत्तिबाट आयोजनामा पुग्नसक्ने सम्भावित क्षति कम गर्न मेलम्ची बन्द गर्न सुझाव छ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकोमा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ। काठमाडौंमा दैनिक ४३ करोड खानेपानीको माग रहेको छ । मेलम्चीको पानी बन्द भएपछि काठमाडौंमा पुनः खानेपानीको समस्या उत्पन्न हुनेछ।
आगामी ६ महिना आसपासका खोला तथा भूमिगत पानीबाट उपत्यकामा खानेपानीको माग पूर्ति गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० ले छ।