राँझा एयरपोर्टबाट ३२ थान मोवाईलसहित भारतीय नागरिक पक्राउ

 

 

Advertisement

बाँके । नेपालगन्ज एयरपोर्टबाट बुद्ध एयरलाईन्सको जहाजबाट काठमाण्डौं जाने तयारीमा रहेका भारत साईबाबा नगर ईन्दौर सुदामा नगर मध्य प्रदेश बस्ने बर्ष ३८ को अमित सोलंकी ३२ थान मोबाइलसहित पक्राउ परेका छन् । बरामद गरिएको मोबाइलको मुल्य करिव नौ लाख रहेको प्रहरीले जनाएको छ ।

बिमानस्थलमा एक्सरे मेसिनमा राखि झोला चेकजाच गर्दा झोलामा लुकाई छिपाई ल्याएका बिभिन्न कम्पनीका मोवाईल बरामद गरिएको हो ।

उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी मोवाईल सहित भन्सार कार्यालय नेपालगंज पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु