आदरणी न्यायप्रेमीहरु,
आन्दोलनकारी साथीहरु तथा पत्रकार मित्रहरु नमस्कार ! आमरण अनसनको आज १७ औं दिन भईसक्यो तर सरकारले हाम्रा जायज मांगप्रति निरन्तर बेवास्ता गर्दै आईरहेको यंहाहरुलाई थाह भएको कुरा हो ।
आज डाक्टरले चेकअप गर्ने क्रममा भन्नु भयो सरकार संग छिटो कुरा गर्नुस आज १७ दिन भैसक्यो अब त स्लाईन पानी चढाउनलाई नसा पनि फेला पार्न समस्या भईरहेको छ केहि दिनमा नसा पनि भटीदैन अनि घाटीको नसा काटेर त्यसबाट स्लाईन पानी दिनुपर्ने बाध्यता हुन्छ please केही गर्नुस भनी डर र चिन्ताका साथ भन्नु भयो ।
Advertisement
आदरणीय साथीहरु आमरण अन्सनकै क्रममा मैले यो देह त्याग गरे भने यो न्यायको लडाई तपाईहरु ले नछोडनु होला । मलाई पिडा छ की देशको नेतृत्व गरीरहेकाहरु स्वयंम सडक आन्दोलनबाट गएका छन तर त्यही सडकको आवाजलाई निरन्तर बेवास्ता गर्ने । साथिहरु यि र यस्ता तत्वहरु संग सजग रहदै न्यायको आन्दोलन जारी राख्नु होला !
WE WANT JUSTICE ! हाम्रो आन्दोलन जारी छ । सरकार न्यायको मुल्य कती ?









