९ असार , बढैयाताल ८ का पशुलापलक किसान लाई अनुदानमा सामाग्री वितरण गरिएको छ ।

Advertisement
बढैयाताल गाउँपालिकाको ८ नं वडाकार्यालयले कृषिमा अनुदान तर्फको कार्यक्रम अन्तर्गत ब्यबसायिक रुपमा गाई भैसी पाल्दै आएका किसानको सहजताका लागि सामाग्री बितरण गरेको हो ।

८ नं वडा कार्यालयको आयोजनामा भएको सामाग्री वितरण कार्यक्रममा ४७ जना किसान लाई ७० प्रतिशतमा एक पांग्रे ठेला र १९ जना लाई ९५ प्रतिशत छुटमा स्टिलको वाल्टी र पानी वुट वितरण गरिएको वडाले जनाएको छ ।

वडाध्यक्ष तेजनाथ पौडेलले सामाग्री वितरण गर्दै भने किसान लाई प्रोत्साहन गर्ने उद्देश्यले सामाग्री वितरण गरेको हो । किसानको माग र उत्पादनको आधारमा छनोट गरिएको बताउदै मेहनत गर्न सकेमा यहाँ पनि आर्थिक समृद्धि हुन सक्छ । बढैयातालमा उत्कृष्ठ किसान बन्न र पेशा लाई निरन्तरता दिनु पर्नेमा अध्यक्ष पौडेलले जोड दिए ।

आईतवार वडा कार्यालयको प्रांगणमा भएको सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि पशुसेवा शाखा कार्यालय बढैयातालका प्रमुख अशोक कुमार उपाध्यायले दुध उत्पादन लाई बढवा दिनु पर्ने भन्दै श्रम र शिपको प्रयोग गर्न सकेमा विदेशै जानु पर्छ भन्ने छैन याहाँ पनि आर्थिक विकासको सम्भावना रहेको शाखा प्रमुख उपाध्यायले बताए ।









