१० असार , बढैयाताल गाउँपालिकाको १५ औ अधिबेशनले आ.ब. ०८१र०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको सभाध्यक्षमा भएको गाउँ सभाको १५ औ अधिबेशलने नीति तथा कार्यक्रम पारित गरेको हो ।

Advertisement
सभाका सभाध्यक्ष त्रिपाठीले कृषि , पर्यटन शिक्षा र पुर्वाधार – बढैयाताल समृद्धिको मुल आधार भन्ने नारा लाई पुरा गर्ने बढैयाताल गाउँपालिको लक्ष्य लिएको बताउदै दिगो विकासको राष्ट्रिय लक्ष्य लाई स्थानियकरण गर्ने , स्थानिय श्रोतको पहिचान र परिचालन गर्दै समावेशि विकास लाई नीति तथा कार्यक्रममा जोड दिएको जनाएको छ ।

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले आर्थिक वर्ष ०८१र०८२ को लागि ८७ करोड ६५ लाखको बजेट प्रस्तुत गरेकी पालिकाले जनाएको छ ।

गाउँसभामा सभाका सदस्य , कर्मचारी लगाएतको उपस्तिथी रहेको कार्यक्रममा वडाध्यक्षहरुको तर्फवाट ८ नं. वडाका अध्यक्ष तेजनाथ पौडेले आफ्नो धारणा राखेका थिए भने पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले सभाको सञ्चालन गरेका जनाएको छ ।
साेमबार सुनगाभा हाेटल मैनापाेखरमा भएकाे गाउँ सभाका सदस्यले गाउँ सभाका अध्यक्ष हिमालय त्रिपाठी द्वारा प्रस्तुत गरिएकाे नीति तथा कार्यक्रम महोत्वकांक्षी भएकाे भन्दै घाटा वजेटकाे नीति तथा कार्यक्रम ल्याउनु भन्दा कार्यान्वयनमा ल्याउन सकिने बजेट र नीति तथा कार्यक्रम हुनु पर्ने प्रतिकृया दिए ।









