बलिउड अभिनेत्री जरिन खानलाई पक्राउ पूर्जी

 

काठमाडौं । सन् २०१८ मा कालीपूजामा उपस्थित नभई ठगी गरेको एक घटनालाई लिएर भारतको कोलकाता उच्च अदालतले बलिउड अभिनेत्री जरिन खानलाई पक्राउ पुर्जी जारी गरेको छ । कोलकातामा भएको दुर्गापूजामा पूर्वसहमति अनुसार प्रस्तुति दिनुपर्ने तर उपस्थित नभएकाले आयोजकले उनीविरुद्ध अदालतमा याचिका दायर गरेका थिए ।
पाँच वर्षअघि आयोजकले जरिनविरुद्ध कोलकाता प्रहरीमा ठगीको उजुरी दिएका थिए । त्यसपछि आयोजकले उनीविरुद्धको कानुनी प्रक्रियालाई अघि बढाएका थिए ।

Advertisement

यद्यपि, यी रिपोर्टमा जरिन खानले आफूलाई अदालतको आदेशबारे जानकारी नभएको र उनका वकिलले अहिले यो मामिला हेरिरहेको बताएकी छन् । अभिनेत्रीले यस मुद्दामा थप टिप्पणी गर्न अस्वीकार गरिन् ।

 

यस विषयमा कुरा गर्दै जरिन खानले इण्डिया टुडेसँग भनिन्, ‘म पक्का छु यसमा कुनै सत्यता छैन । म पनि अचम्ममा छु र मेरो वकिलसँग जाँच गरिरहेको छु ।’

जरिन २०१८ मा मुद्दाको क्रममा पुलिसको सोधपुछको लागि हाजिर भएकी थिइन्, जहाँ उनले आयोजकले कोलकाता राजनीतिका केही प्रमुख व्यक्तित्व समेत कार्यक्रममा उपस्थित हुने झुटो दाबी गरेको बताएकी थिइन् ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु