बुद्धको मुर्तिसहित बाँकेमा ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बुद्धको मुर्तिसहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो ३ बजेको समयमा बाँके राप्तिसोनारी गाउँपालिका वडा न. ८ ढकेरी शम्सेरगंज स्थित सडकखण्डमा शंकास्पद रुपमा रहेका व्यक्तिलाई चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा जिल्ला रुपन्देही तिलोतमा वडा नं। ११ बस्ने बर्ष ५० को खिम बहादुर कुवर, बर्ष ५० को रामु न्यौपाने, जिल्ला दाङ घोराही उपमहानगर वडा न १५ बस्ने बर्ष ५८ को निम बहादुर कुवर लाई पक्राउ गरेको बाँकेका सूचना अधिकारी एवं प्रवक्ता नारायण डाँगीले जनाएका छन् ।

Advertisement

 

खानतलासी गर्दा खिम बहादुर कुवरले पछाडी बोकेको खैरो रङको झोला खोली हेर्दा ओमनमः शिवायाः लेखिएको तुल ( रुमाल ) मा बेरी लुकाई राखिएको पिधको गोलाई १ फिट ६ ईन्च , पिध देखि शिरको टुप्पो सम्मको उचाई ९ ईन्च, तौल गर्दा ८ किलो ६८० ग्राम भएको पहेलो रङको धातुमा अधिकांश भागमा कालो रङको पालिस लगाएको जस्तो देखिने पहेलो रङको धातुको जस्तो बुद्धको मुर्ति रहेको, सोही झोलाको बुद्धको मुर्ति भएको स्थानमा ८ ईन्च लम्बाई कटर थान १, ८ ईन्च लम्बाई भएको पिलास थान १, ८ ईन्च लम्बाई भएको फलामको रेति थान १, र निज खिम बहादुर कुवरको साथमा रहेको भारतिय सिमकार्ड थान १ सहित निजहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु