सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

काठमाडौँ/ईकान्तिपुर — आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदीको मूल्य घटेको हो । बुधबार तोलामा ७ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार फेरी ८ सय रुपैयाँले घटेको हो ।

छापावाला सुन प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतिताला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

बुधबार तेजावी सुनको मूल्य १ लाख ४० हजार ९ सय रुपैयाँ थियो । बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु