बोक्सीको आरोपमा अपमान गर्ने महिला पक्राउ

गोरखा — ‘बोक्सी’को आरोपमा अपमान र बेइज्जती गर्ने गोरखा सहिद लखन गाउँपालिका–६ घैरुङकी चमेली भनिने विपना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ

 

Advertisement

विपनाले घैरुङकै मैया श्रेष्ठलाई भदौ २९ गते बोक्सीको आरोप लगाई अपमान र बेइज्जती गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।
मैया श्रेष्ठको जाहेरीका आधारमा चमेली भनिने विपना श्रेष्ठलाई पक्राउ गरी गोरखा जिल्ला अदालतमा बोक्सी आरोप शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

घरयासी विवादको क्रममा विपनाले मैयालाई बोक्सीको आरोप लगाउँदै गालीबेइज्जती गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु